काठमाडौ । स्वास्थ्य मन्त्री प्रदिप पौडेलले क्यान्सर रोगको उपचार नेपालमै सर्वसुलभ बनाउन सरकारले तयारी गरिरहेको बताउनु भएको छ । काभ्रेको बनेपामा आयोजित नेपाल अर्बुद रोग निवारण संस्थाको ३४ औं केन्द्रीयसभामा मन्त्री पौडेलले सो कुरा बताउनु भएको हो । क्यान्सर रोग विरुद्ध जनचेतना फैलाइ प्रतिकारात्मक कार्यबाट क्यान्सर रोग न्युनीकरण गर्न सकिने बताउदै मन्त्री पौडेलले देशभित्रै उपचार सर्वसुलभ बनाउन नीतिगत निर्णयहरु गरेर व्यवहारिक बनाउन प्रारम्भ भएको बताउनु भएको छ ।
केन्द्रीयसभामा नेपाल अर्बुद रोग निवारण संस्थाद्धारा तीन दशक अघि स्थापीत नेपालकै पहिलो भक्तपुर क्यान्सर अस्पताल स्वास्थ्य मन्त्री प्रदिप पौडेल मार्फत नेपाल सरकारलाई आधिकारिक रुपमा हस्तान्तरण गरिएको थियो । सरकार र संस्थावीच भएको द्धिपक्षिय समझदारीपत्र अनुसार सो अस्पताल भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठानादेश, २०७७ बमोजिम सञ्चालन हुनेछ ।
भक्तपुर क्यान्सर अस्पताल सरकारलाई हस्तान्तरण

संस्थाका महासचिव दिपेन्द्र वान्तवाले देशभरका १५ हजार भन्दा बढी स्वयम्सेवकले क्यान्सर रोगबारे सचेतना अभियानमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै आगामी दिनमा देशभर स्वयम्सेवक मार्फत जनचेना अभियान सञ्चानल गर्ने तयारी रहेको बताउनुभयो । केन्द्रीयसभामा पूर्व अध्यक्षहरु कर्ण शाक्य, जीतबहादुर श्रेष्ठ, लोकेन्द्रकुमार श्रेष्ठले नेपालमा क्यान्सर रोगविरुद्ध थालिएका अभियान र संस्थाले पुर्याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।