श्रावण २५
भलिबल नेपालको राष्ट्रिय खेल हो, जितेको बेला वाहवाही गर्ने, अरु बेला पुरै बेवास्ता गर्ने राज्यको प्रवृत्तिबाट भने भलिबल निकै पीडित छ ।
भलिबललाई राष्ट्रिय खेल घोषणा (२०७४ जेठ) गरेको ७ वर्ष भइसक्दा समेत एउटा राम्रो कभर्डहल छैन । गत भदौबाट बल्ल भलिबल खेलाडीले मासिक तलब ५ हजार रुपैयाँ पाउन थालेका छन् । त्यो पनि सरकारले दिएको होइन, भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दका अनुसार अमेरिकामा बस्दै आएका पूर्व भलिबल खेलाडीहरुले चन्दा उठाएर पठाएको रकमबाट खेलाडीहरुलाई तलब दिन थालिएको हो ।