संखुवासभा भाद्र २७
संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. ६ ले निशुल्क जग्गा उपलब्ध गराउन स्थानीय बासिन्दा समक्ष आग्रह गरेको छ ।
सहरी स्वास्थ्य ईकाईं केन्द्र भवन निर्माणका लागि प्रदेश सरकारबाट रु २५ लाख बिनियोजन भएकाले उक्त रकमबाट भवन निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गराउन सार्वजनिक सुचना जारी गरिएको खाँदबारी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष अर्जून तामाङ्गले जानकारी दिए ।
उनले शहरी स्वास्थ्य ईकाई केन्द्र भवन निर्माणका लागी कम्तिमा ३ देखि ५ रोपनी जग्गा तत्काल आवश्यक भएकाले स्थानीय बासिन्दा समक्ष निशुल्क जग्गा उपलब्ध गराउन सात दिने सुचना जारी गरिएको बताए ।
जग्गा निशुल्क उपलब्ध गराउन चाहने जग्गादाताले जग्गाधनी लालपुर्जाको प्रतिलिपी, आर्थिक बर्ष २०८०÷८१ को सम्पती कर तिरेको रसिद सहित वडा कार्यालयमा निवेदन दिन समेत आग्रह गरेका छन् ।