भाटेखोला नजिक केन्द्रबिन्दु बनाएर फेरि गयो भुकम्प - साझाकुरा
बिहिबार, जेष्ठ ९, २०८२

भाटेखोला नजिक केन्द्रबिन्दु बनाएर फेरि गयो भुकम्प


admin October 7, 2023

बझाङको भाटेखोला नजिकै केन्द्रबिन्दु बनाएर शनिबार बिहान ११ः५ बजे पुन भूकम्प गएपछि स्थानीयहरु त्रसित भएका छन् । निरन्तरको धक्काका कारण स्थानीयबासिन्दाहरु अहिले पनि खुल्ला आकासमुनी चौरमा पाल टाँगेर बस्दै आएका छन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिवार बिहान ठिक ११ः५ बजे ५.३ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

गत मंगलबार देखि यता बझाङमा मात्रै साना ठुला गरि ि१३ वटा भूकम्पको धक्का महसुस गरिएको मापन केन्द्रले जनाएको छ । गत मंगलबार दिउँसो २ः४० मा पहिलो पटक ५ः३ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

त्यस यता सोहि दिन ३ जेर ६ मिनेट जाँदा ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो ।
भुकम्पका कारण एक जनाको मृत्यु समेत भएको थियोभने दर्जनौं घरहरूमा क्षति पुगेको थियो । बारम्बारको पराकम्पका कारण अहिले बझाङ्गको जनजिवन अस्तब्यस्त बनेकोछ भने स्थानीयहरु घरबाहिरै दिनरात बिताउन बाध्य रहेको जनाईएको छ । बारम्बार पराकम्प जानेक्रममा रहेकाले सबै नागरिकहरुलाइ शुरक्षित बिधी अपनाएर बस्न स्थानीय प्रसासनले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *