भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन


editor@sajhakura December 27, 2024

पाैष ११

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको गएराति ९२ वर्षको उमेरमा निधन भएको छ ।

घरमा अचानक बेहोस भएपछि उहाँलाई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो । उपचारको क्रममा उहाँको निधन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार सिंहलाई उमेरसँग सम्बन्धित समस्याहरू देखिएपछि लामो समयदेखि घरमै उपचार भइरहेको थियो ।
सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गर्नुभएको थियो ।
सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उहाँले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिनुभएको थियो ।
यस्तै उहाँले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हाल्नुभएको थियो । उहाँले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *