भारतको ओडिशामा चट्याङ्ग लागेर १० जनाको मृत्यु - साझाकुरा

भारतको ओडिशामा चट्याङ्ग लागेर १० जनाको मृत्यु


admin September 4, 2023

सनिवार भारतको ओडिशा राज्यमा परेको चट्याङ्गबाट १० जनाको मृत्यु भएको छ भने अन्य ३ जना गंभिर घाईते भएका छन् ।

ओडिशाको विभिन्न ६ जिल्लामा वर्षाका कारण जनजीवन प्रभावित बनेको बिबिसीले जनाएको छ। ओडिशाको विशेष राहत आयुक्तको कार्यालयका अनुसार खोरधा जिल्लामा मात्रै चट्यांकका कारण चार जनाको मृत्यु भएको छ भने तीन जना जना घाइते भएका छन्। यस्तै बलाङ्गीर जिल्लामा दुई जना, अङ्गुल, बौध, जगतसिंहपुर र ढेकानाल जिल्लामा एकएक जनाको मृत्यु भएको छ भने दर्जन बढि घाईते भएको उल्लेख गरिएको छ । ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *