भाद्र ९
भारतको बिहार राज्यमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३५ भन्दा बढी यात्रु घाइते भएका छन् ।
आइतबार बिहारको समस्तीपुर मुसरीघरारी चौराहा नजिक उक्त बस दुर्घटनामा परेको हो। घाइतेहरूको सदर अस्पताल र मुसरीघरारीको उक निजी क्लिनिकमा उपचार भइरहेको बताइएको छ।
तीव्र गतिमा दौडिरहेको ट्रकले पछाडिबाट ठक्कर दिएपछि उक्त बस सडकमै पल्टीएको थियो । उक्त बसमा ४३ जना नेपाली तिर्थयात्रीहरु रहेका थिए । उनिहरु बारा जिल्लाबाट धार्मिक भ्रमणमा निक्लिएको जनाईएको छ ।
दुर्घटनाका बारेमा थप जानकारी आउन बाँकि रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।