भारतले दस बर्षमा नेपालसंग १० हजार मेगावाट बिजुली किन्ने निर्णय गरेको छ ।
भारतिय मन्त्रिपरिषदले आगामी १० बर्षभित्र नेपालसंग १० हजार मेगावाट बिजुली किन्ने
प्रस्ताव स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत शंकर शर्माले जानकारी दिए ।
हालै बसेको भारतीय मन्त्रिपरिषदको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको उनले बताए ।
‘भारतीय मन्त्रिपरिषद्ले भारतिय सरकारले अब नेपालबाट बिजुली किन्ने र नेपालमा थप बिजुली उत्पादन गर्न प्रोजेक्टहरु कसरी थप गर्ने भन्ने बिषयमा अध्ययन अघि बढाईने बिषयमा गहन निर्णय भैसकेकाले यस बिषयमा थप गृहकार्य चाँडैनै शुरु गर्ने जनाएको राजदुत शर्माको भनाई छ ।
नेपालले अहिले बर्खामा भारतीय बजारमा बिजुली बेचिरहेको छ भने हिउँदो समयमा भारतबाट महंङ्गोमा बिजुली किनिरहेको छ।
गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य राखिएको जानकारी दिएका थिए ।
नेपाल र भारत दुबै प्रधानमन्त्रीको उपस्थितिमा फुकोट कर्णाली र तल्लो अरूण निर्माणका लागि एमओयू समेत भएको थियो भने गोरखपुर(भैरहवा ४०० केभी प्रसारण लाइनको शुभारम्भ समेत गरिएको थियो।