भारतले लगायो चारधामको यात्रामा रोक - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

भारतले लगायो चारधामको यात्रामा रोक


editor@sajhakura July 7, 2024

एजेन्सी २३ असार

बर्षाद बाढि पहिरो र डुवानका कारण आवतजावतमा कठिनाई भएको भन्दै भारत सरकारले चारधामको धार्मिक यात्रामा केहि समयका लागि रोक लगाएको छ ।

भारतीय मौसम विभागका अनुसार अवको केहि दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मानवीय क्षति हुनसक्ने भएकाले श्रद्धालुहरूलाई यात्रामा ननिस्कन आग्रह गरेको भारतिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
विभागले बिपत्तिको अतिनै जोखिम रहेकाले ऋषिकेशभन्दा अगाडीको यात्रा नगर्न भन्दै सबैलाई सावधानी अपनाउन पनि आग्रह गरेको छ।
केहि दिन देखिको बर्षादका कारण भारतका बिभिन्न स्थानमा डुवान र बाढि पहिरोले ठुलो क्षति पुर्याईरहेको छ । विशेषगरी उत्तराखण्डको विभिन्न भू–भागमा पहिरो गएको छ भने बद्रीनाथ जाने राजमार्गमा पनि अनगिन्ति पहिरो गएकाले यातायात सेवा नराम्म्ररी प्रभावित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *