मणिपुर हिंसाको बिषयलाईलाई लिएर संयुक्त राष्ट्रसङ्घमा भारतको तित्र्र आलोचना भएको छ । मणिपुरमा भड्किएको हिंसात्मक एवं बिध्वंसात्मक कृयाकलापलाई गम्भीर भएर रोक्न नसकेको भन्दै राष्ट्रसंघमा भारतीय नेतृत्वको तिब्र आलोचना भएको हो ।
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जातीय हिंसा भड्किएको र मानव अधिकार उल्लंंघनका जघण्य घटना हुँदा समेत त्यसलाई नियन्त्रण र दोषीमाथि कारबाहि गर्न सरकार चुकेको भन्दै राज्य र केन्द्र सरकारको तिब्र आलोचना गरियो राष्ट्रसंघमा मणिपुरमा शारीरिक र यौन हिंसा र घृणायुक्त भाषण रोक्नका लागि कानुन कार्यान्वयनमा भारत सरकारका कारबाही ढिलो भएको र
पीडितले न्याय नपाएकोमा राष्ट्रसंघमा गम्भीर चिन्ता र चासो ध्यानाकर्षण भएको बिज्ञप्तीमार्फत जनाएको छ ।
मणिपुरमा गत मे महिनाबाट द्धन्द शुरु भएदेखि एक सय ६० जनाले ज्यान गुमाएका, तीन सय बढि घाइते भएका, दशौँ हज्जारको संख्यामा मानिसहरु विस्थापित हुनुपरेको, हजारौँ घर र सयौँ गिर्जाघरहरु जलेको तथा कैयांैं बिघा खेतीयोग्य जमिन ध्वस्त पारिएको राष्ट्रसंघको बिज्ञप्तीमा उल्लेख छ ।
