मंशिर ६
रोजगारीका लागि विदेश जानेहरु भिजिट भिसामा जाने क्रम बढेको भन्दै सरकारले फेरि कडाइ गर्न शुरु गरेकाे छ ।
गत साता कुवेत उड्न लागेका २२ महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले एकैपटक घर फर्काइदिएको थियाे ।
१० माघ २०८० मा सरकारले विभिन्न कागजात र मापदण्ड तोक्दै भिजिट भिसामा जानेहरुका लागि खुकुलो व्यवस्था गरे पनि त्यसकाे, एक वर्ष नबित्दै फेरि कडाइ गर्न थालेकाे हाे ।
खाडी मुलुक, क्रोएसिया र युरोपेली देश जान हिँडेका नेपाली महिलाहरु विमानस्थलबाट धेरै फर्काइएका छन् ।