भिपिएन र डिएनएसबाट टिकटक चलाउँदा बैंकिङ डाटा चोरी हुनसक्छ : प्रहरी - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

भिपिएन र डिएनएसबाट टिकटक चलाउँदा बैंकिङ डाटा चोरी हुनसक्छ : प्रहरी


editor@sajhakura November 21, 2023

नेपाल प्रहरीको साइबर ब्यूरोले भिपिएन र डिएनएसको प्रयोग असुरक्षित र अवैध रहेको भन्दै सचेत गराएको छ।
यस्ता माध्यमबाट प्रतिबन्धित सामाजिक सन्जाल टिकटकको प्रयोग भइरहेको भन्दै ब्यूरोले व्यक्तिगत तथा बैंकिङ विवरण चोरी हुनसक्ने जनाएको छ।

भिपिएन र डिएनएस प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरुको समेत पहुँच पुर्याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको छ,’ ब्यूरोले मंगलबार जारी गरेको सूचनामा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *