हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा ज्यान गुमाउनेको संख्याा ८० पुगेको छ । उक्त भुकम्पमा परि करिब १ सय ४० जना घाइते भएका छन् । रुकुम, जाजरकोट र सुर्खेतका अस्पतालहरुमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाकाले जानकारी दिए । अहिलेसम्म भुकम्पका कारण ज्यान गुमाउनेको संख्या जाजरकोटमा ४४ पुगेको छ । ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेको रोकाले बताए । उनले भुकम्पमा परि जाजरकोटमा मात्रै ५५ जना घाईते भएका छन् । हराउने र उद्धारको कार्य जारी रहेकाले यो संख्या उल्लेख्य रुपमा बढ्न सक्ने डिएसपी रोकाको भनाई छ ।
उक्त भुकम्पले जाजरकोटको छिमेकी जिल्ला रुकुम पश्चिममा पनि ठुलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । भुकम्पबाट अहिले बिहान ७.३० सम्म रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईले जनाए ।
उद्धार र घाईते ओसारपसारका लागि अहिले तीनवटै सुरक्षा निकाय परिचालन भैरहेको छ । भूकम्पका कारण मध्यपहाडी लोकमार्गका बिभिन्न स्थानमा क्षति पुगेका कारण घाईते ओसारपसार र आवतजावतमा समस्या भएको प्रहरीको भनाई छ । राहत र उद्धारको कार्यमा समेत ठुलो समस्या आएको को कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको रुकुम पश्चिम प्रहरी प्रमुख भट्टराईले जनाए ।