भोजपुरको ऐतिहासिक टक्सार बजारमा कृष्ण जन्माष्टमी मेला लाग्ने - साझाकुरा
मङ्लबार, कार्तिक २७, २०८१

भोजपुरको ऐतिहासिक टक्सार बजारमा कृष्ण जन्माष्टमी मेला लाग्ने


editor@sajhakura August 23, 2024

भाेजपुर भाद्र ७

शाारदा बाेम्जन

भोजपुरको ऐतिहासिक टक्सार बजारको संस्कार, संस्कृति संरक्षणका लागि यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमी मेला लाग्ने भएको छ । यहि भाद्र १० र ११ गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा मेला लाग्ने भएको हो ।


मेलाका लागि बिभिन्न समिति गठन गरेर तयारी थालिएको भोजपुर नगरपालिका वडा नम्वर १२ टक्सारका वडाध्यक्ष देवीप्रसाद कार्कीले जानकारी दिनु भयो । उहाले मेलामा सांस्कृतिक कार्यक्रम, लाखे नाच, कृष्ण भजन, मनोरञ्जनात्मक खेलहरु पिङ, नेवारी खाजाका परिकारहरु राखिने बताउनु भयो ।

भोजपुर नगरपालिका–१२ को आयोजनामा हुने दुईदिने मेलाको तयारी थालिएको छ । टक्सार ऐतिहासिक तथा धार्मिकस्थल भएकाले यसको संरक्षण र सम्बर्धन सहित परम्परा समेत जोगाउन जरुरी रहेको स्थानीय अमृका ताम्राकारले बताउनुभयो ।
सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक केन्द्रकारूपमा स्थापित टक्सार बजारलाई पुरानै अवस्थामा फर्काउने प्रयास स्वरुप यस बर्ष पनि मेलाको तयारीमा आफुहरु जुटेको स्थानीय घमचन्द्र दाहालले बताउनुभयो ।
भोजपुरको टक्सार बजार धार्मिक तथा सांस्कृतिक हिसाबले ऐतिहासिक बजार हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *