भाद्र १५
पुर्वी पहाडी जिल्ला भोजपुरको तुङ्गेछा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
गएराति १ बजेर ११ मिनेटको समयमा तुङ्गेछा केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
उक्त भुकम्पको धक्का संखुवासभा, धनकुटामा समेत महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । यसअघि गएको साउन ३२ गते बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ । ।
भाद्र १५