माघ २७
भोजपुरमा लागु औषध सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुका कन्चन बस्नेत, भोजपुर नगरपालिका–९ ठेगाना रहेका अनिल राई र रमेश राई लागु औषध र नगद सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक अरविन्द्र शाहले जानकारी दिए ।
केहि ब्यक्तिहरुले लागु पदार्थ सेवन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले निगरानि बढाउँदा टेम्केमैयुङ गाउँपालिका २ का कन्चन बस्नेतको साथबाट १० चक्की ट्रमाडोल र १० चक्की स्पास्पेन चक्की बरामद गरिएको र शोधपुछका क्रममा उनले अनील राई र रमेश राईबाट किनेर ल्याएको भन्ने खुलेपछि प्रहरीले उनीहरुको घर कोठामा खानतलासी गर्दा दुई हजार ५० चक्की ट्रमाडोल, दुई हजार ७० स्पास्पेन, नगद ९७ हजार दश, एक सय वीस ग्राम गाजा र २ थान मोवाईल बरामद गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय भोजपुरमा ल्याई थप अनुशन्धान अघि बढाईएको भोजपुर प्रहरीको भनाई छ ।
