भोजपुरमा हाइड्रोमा कार्यरत २ जना मजदुर बाढीले बगाउँदा बेपत्ता - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

भोजपुरमा हाइड्रोमा कार्यरत २ जना मजदुर बाढीले बगाउँदा बेपत्ता


editor@sajhakura July 31, 2024

श्रावण १६

भोजपुरको साल्पासिलिछो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले २ जनालाई बगाएको छ । बाढीले इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदारलाई बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

राती १ बजे तिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका २ जना कामदार हराएको इन्सेपेक्टर दिपक श्रेष्ठले बताए । बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का २६ वर्षीय श्याम कुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेका छन् ।
यस्तै २६ वर्षीय राम किसन थारुको उद्धार गरिएको छ । उनको शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ । अहिले स्वास्थ्य चौकी कुलुमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।
बाढी आएको क्षेत्र उत्तरी भोजपुरमा पर्दछ ।

श्राेत:नागरिक आवाज डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *