भोलि शुक्रबार नै प्रधानमन्त्री बन्लान् त ओली ? यस्तो छ संभावना - साझाकुरा

भोलि शुक्रबार नै प्रधानमन्त्री बन्लान् त ओली ? यस्तो छ संभावना


editor@sajhakura July 11, 2024

असार २७

नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनले भोलि ९शुक्रबार० नै नेकपा माओबादीका अध्यक्ष प्रचण्ड नेतृत्वको नयाँ सरकारलाई बिदाई दिँदै नयाँ सरकार गठनको तयारी शुरु गरेका छन्।
भोली असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिने तैयारी गरेपनि बिश्वासको मत नपाउने सुनिश्चित रहेकाले एमाले अध्यक्ष केपी शर्मा ओली भोलि नै प्रधानमन्त्रीमा नियुक्त हुनेमा काँग्रेस एमाले गठबन्धन ढुक्क रहेको छ ।
शुक्रबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक डाकि प्रधानमन्त्री दाहालले आफुले विश्वासको मत लिने कार्यक्रम तय भएको श्रोतको बुझाई छ । प्रधानमन्त्री दाहालको पक्षमा अहिले माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत समाजवादीका १० जनाबाहेक अन्य सांसदको समर्थन रहने देखिँदैन । किन कि कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले वर्तमा प्रचण्ड सरकारलाई विश्वासको मत नदिने निर्णय यस अघि नै गरि आफ्ना साँसदहरुलाई ह्वीप जारी गरिरहेका छन् ।
भोली शुक्रबार विश्वासको मत लिने प्रतिनिधिसभाको बैठक कति समय लम्बिने हो त्यसले मात्र केपि शर्मा ओली प्रधानमन्त्री बन्ने समय निर्धारण गर्ने राजनितिक बिश्लेसकहरुको बुझाइ छ ।
‘विश्वासको मतको कार्यक्रम दिउँसो २ देखि अढाई बजे सम्म चल्नसक्छ,’ त्यसपछि लगत्तै संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा जानकारी दिने तैयारी हुनसक्ने एमाले नेताहरु बताउँछन् ।
‘राष्ट्रपतिज्युबाट नयाँ सरकारको आह्वान हुनासाथै दुई तिहाई बहुमतसहित दाबी प्रस्तुत गर्ने तयारी भइरहेको छ,’ एमालेका ती नेताले भने।
राष्ट्रपति पौडेलबाट भोलि दिउँसोभित्र मै नयाँ सरकारका लागि आह्वान हुनेमा एमाले–कांग्रेस विश्वस्त छन्। यस्तै नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिमकै सरकार आह्वान हुनेमा पनि दुबै पार्टी विश्वस्त देखिन्छन् । त्यसपछि लगत्तै बहुमतसहित काँग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले सरकारको दाबी पेस गर्ने जनाईएको छ ।
त्यसका लागि कांग्रेस र एमालेले यस अघि नै आ–आफ्ना सांसदको हस्ताक्षर समेत संकलन गरिसकेका छन्। हाल दुवै पार्टीका गरि संसदमा १६६ जना सांसद छन्। यो संख्या २७५ सिटको प्रतिनिधिसभामा दुईतिहाई पुर्याउन १७ सीट मात्र कम हो । कांग्रेसले विपक्षी दलहरूलाई समेत नयाँ गठबन्धनको सरकारमा सामेल हुन अपिल गरेको छ । छलफलको क्रमपनि चलिरहेका कारण दुई तिहाईसहित सरकारमा दाबी गर्ने आँकडा पुग्ने एमालेले आँकडा निकालेको छ।
‘बहुमतसहित प्रधानमन्त्रीमा दाबी आए राष्ट्रपतिलाई तत्काल नयाँ प्रधानमन्त्री नियुक्त गर्न बाधा नपुग्ने राजनितिक बिश्लेषकहरु बताउँछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *