भ्रष्टचारी र माफियामाथि अझै हान्न मन छ : प्रधानमन्त्री प्रचण्ड - साझाकुरा
सोमवार, असार ३२, २०८१

भ्रष्टचारी र माफियामाथि अझै हान्न मन छ : प्रधानमन्त्री प्रचण्ड


editor@sajhakura December 20, 2023

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अझै धेरै भ्रष्टाचारी र माफियामाथि प्रहार गर्ने मन भएको बताएका छन् ।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा आफ्नो भनाई राख्दै प्रधानमन्त्री प्रचण्डले आफूले चाहे जस्तोगरी अझै काम गर्न नसकेको र सुशासन कायम राख्न अझै भ्रष्टचारी र माफियामाथि प्रहार गर्न आफुलाई मन भएको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले आफूले नेतृत्व गरिरहेको सरकारले नेपालको अन्तर्राष्ट्रिय छविलाई माथि उठाएको दाबी गरे । नेपालको कुटनीतिक अवस्था, सन्तुलन र राष्ट्रिय हितलाई केन्द्रमा राखी वर्तमान सरकार आक्रामक ढंगले अगाडी बढिरहेको उनको दावी थियो ।

राज्य ब्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री दाहालले अहिले उठिरहेका विभिन्न प्रकरणहरुको प्रकृतिअनुरुप कारबाही प्रक्रिया पनि अगाडि बढाइएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *