भाद्र १४
प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नाम भ्रष्टाचारको कुनै फाईलमा देखिए आफुलाई समेत नछाड्न सिआइबीलाई आग्रह गरेका छन् ।
समाजबादी मोर्चाले बिहिबार सुर्खेतमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त आग्रह गरेका हुन् । अहिले सरकार भ्रष्टाचार र भ्रष्टाचारिका बिरुद्धमा मिसनमा रहेकाले यो समयमा सरकारलाई थप उर्जा र समर्थन गर्न आग्रह गरेका थिए ।
भ्रष्टाचारमा संलग्न कसैलाई पनि सरकारले उन्मुक्ति नदिने भन्दै उनले सरकार भ्रष्टचारका बिरुद्ध शुन्य सहनशिलताका साथ अघि बढिरहेको बताएका थिए ।
देश र नेपाली जनाताको सर्बोत्तम हितका खातिर सरकार गठबन्धन र मोर्चा एक ढिक्का हुन आवश्यक रहेकोमा जोड दिए ।
सरकारले चालेको भ्रष्टचार बिरुद्धको कार्वाहिबाट तर्सिएकाहरुले सरकार बिरुद्ध षडयन्त्र गरिरहेको प्रधानमन्त्रीि पुष्पकमल दाहाल प्रचण्डको भनाई थियो ।
‘सरकारलाई अझ भ्रष्टाचारकाविरूद्व लाग्न र सुशासनका पक्षमा काम गर्न तपाईँहरूको साथ र सहयोगको खाँचो छ।’प्रचण्डले भने , अहिले प्राप्त उपलब्धिको रक्षा गर्दै सरकारले अगाडि बढाएका जनता केन्द्रित कामहरूलाई दृढतापूर्वक कार्यान्वयन गर्न मोर्चा आवश्यक भएकाले समाजवादी मोर्चा निर्माण गरिएको खलासा गरे ।
विभिन्न कालखण्डमा छुट्टिएका कम्युनिष्ट शक्तिहरू फेरि एकताको शुत्रमा बाँध्न मोर्चा गठन गरिएको भन्दै उनले
‘जनयुद्धकै बेला उपेन्द्र यादव, शान्ति प्रक्रियापछि विप्लवसँग छुट्टिनु परेको भन्दै ‘पहिले छुट्टिएका सबै शक्ति एकै मोर्चामा आएकोमा खुशि प्रकट गरेका थिए ।
सभालाई सम्बोधन गर्ने क्रममा दाहालले सरकार कति समय चल्छ, कतिसमय टिक्ट त्यसमा आफुलाई कुनै चिन्ता नभएको जनाउँर्दै राम्रो काम गर्छु, राम्रो गर्दागर्दै कसले हटाउँदो रहेछ म पनि हेर्छु।’भनेर सरकार बिरोधी शक्तिलाई लक्षित समेत गरेका थिए ।