भाद्र १२
प्रधानमन्त्री तथा नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले शुरु गरेको भ्रष्टाचार बिरुद्धको अभियान नरोकिने बताएका छन् । नेकपा माओबादी उपत्यका बिशेष प्रदेश समितिले मंगलबार राष्ट्रिय सभामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका पार्टि अध्यक्ष प्रचण्डले सरकारले शुरु गरेको भ्रष्टाचार बिरुद्धको अभियानलाई थप तिब्रता दिने बताए ।
उनले भुटानी शरणर्थीका नाममा भएका लुट प्रकरण, सुन तस्करी काण्ड लगायतका भ्रष्टचारका काण्डहरु यहि रोकिने वाला छैन भन्दै यो अभियानलाई थप तिब्रता दिने पक्षमा सरकार रहेको खुलासा गरे ।
माओबादी बिरुद्ध थप घेराबन्दी र कुप्रचार बढाईए पनि ढृणताका साथ अघि बढ्छौं प्रचण्डले भने ।
देश रुपान्तरणका लागि पहिले माओबादी रुपान्तरण हुनुपर्ने समेत प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।
उनले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने धारणा राखेका थिए ।