श्रावण १
नेप्से परिसूचक मंगलबार उच्च अंकले बृद्धि भएको छ।
आर्थिक बर्ष २०८१.०८१ को पहिलो दिन आज नेप्से ७०.१८ अंकले वृद्धि भएको हो। मंगलबार ३.१३ प्रतिशतले वृद्धि भएर २३१०.५९ विन्दुमा पुगेको छ ।
नयाँ सरकार गठन भएको दिन हिजो सोमबार १७.१८ अंकको गिरावट आएको परिसूचकमा मंगलबार भने तिब्र बृद्धि देखिएको हो । नेप्सेमा लामो समयावधी अर्थात ६ महिनापछि उच्च मूल्यको कारोबार भएको जनाईएको छ।
आज मंगलबार ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
मंगलबार २ सय ३४ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ८ कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ। पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक ०.४२ प्रतिशतले घटे पनि बाँकीको भने वृद्धि भएको छ। हाइड्रोपावर समूहको सबैभन्दा धेरै ५.४५ प्रतिशतले वृद्धि आएको छ भने विकास बैंक समूहको परिसूचक पनि ४.९४ प्रतिशतले बढेको छ।