संखुवासभाको मकालु गाउँपालिकाले हिमाल आरोही लाक्पा शेर्पालाई सम्मानित गरेको छ ।
मकालु हिमालको सातौ पटक सफल आरोहण गरेर कीर्तिमान कायम गरेको भन्दै शेर्पालाई गृह जिल्ला संखुवासभामा सम्मानित गरेको हो । गाउँपालिका प्रमुख ओङ्दी छिरीङ शेर्पालगायत सिंगो गाउँपालिका टिमले कीर्तिमानी शेर्पालाई जिल्लामै बोलाएर सम्मानित गरेको हो ।
शेर्पाले मकालु गाउँपालिकाको लोगोसमेत मकालु हिमालको चुचुरोम पु¥याएकाछन् ।
शेर्पा मकालु हिमाल आरोहणमा प्रख्यात मानिन्छन् । उन्ले यसपटक फिक्सिङ टिमको नेतृत्व गर्दे मकालु हिमालको चुचुरोमा पुग्न सफल भएका हुन् । विश्वको पाचौ अग्लो हिमालको चुचुरोमा पुग्नु आफैमा गौरवको कुरा हो ।
संखुवासभा मकालुका शेर्पाले हिमाल आरोहण मार्फत समग्र पर्यटन क्षेत्र र सिंगो राष्ट्रलाई चिनाउन गरेको योगदानको प्रशंसा गर्दे गाउँपालिकाल सम्मानित गरेको हो ।
श्राेत: स्टेट नेपाल डट कम