मधेश प्रदेशका ८ जना राज्यमन्त्री बर्खास्त  - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

मधेश प्रदेशका ८ जना राज्यमन्त्री बर्खास्त 


editor@sajhakura August 13, 2024

श्रावण २९
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । १२ मन्त्री र ८ राज्यमन्त्री गरि २० जनाको जम्बु मन्त्री मण्डल बनाएको भन्दै तिब्र आलोचना भएको र आफ्नै पार्टी जनमतले पनि स्पष्टीकरण लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सिंहले आज ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।

मधेशमा नेकपा एमालेका तीन, नेपाली कांग्रेस र जनमतका दुई र दुई जना र लोसपाका एक राज्यमन्त्री नियुक्त गरिएको थियो । अब भने मधेश प्रदेश सरकारमा कांग्रेसका चार, एमालेका चार, जनमतका मुख्मयन्त्रीसहित तीन र लोसपाका एक जना गरी १२ जना मन्त्री यथावत छन् ।

प्रदेश सरकारप्रति जनतामा तिब्र बितृष्णा रहेको अवस्थामा ८ जना राज्यमन्त्री नियुक्त गरेको भन्दै सत्तारूढ नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, नैनसिंह महरलगायतले केन्द्रीय समिति बैठकमै बिरोध जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *