असार ३१
केबलकार आजदेखि ५० दिनका लागि बन्द गरिएकाे छ ।
केबलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबलकार आ जबाट ५० दिनका लागि बन्द गरिएकाे मनकामना दर्शन प्रालिले सार्बजनीक सुचना मार्फत जानकारि गराएकाे छ ।
डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले बताए ।
धार्मिक तिर्थस्थल मनकामना मन्दिर दर्शनमा जाने दर्शनार्थीकाे सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सेवा शुरु गरिएकाे थियाे ।