मनसुन थप सक्रिय : पर्सि आइतवारसम्म बाढीपहिरो र डुबानको जोखिम - साझाकुरा
शनिबार, अशोज १९, २०८१

मनसुन थप सक्रिय : पर्सि आइतवारसम्म बाढीपहिरो र डुबानको जोखिम


editor@sajhakura July 5, 2024

असार २१

पर्सि आइतवारसम्म देशभर हल्कादेखि ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका थोरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा तथा थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । पर्सिसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जानकारी गराएको छ ।
दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न महाशाखाले सबैसँग आग्रह गरेको छ ।
श्राेत:उज्यालाे अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *