मन्त्री भुपाल राईद्वारा चिचिला अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन स्मारिका लोकार्पण ( भिडियाे सहित) - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

मन्त्री भुपाल राईद्वारा चिचिला अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन स्मारिका लोकार्पण ( भिडियाे सहित)


editor@sajhakura December 17, 2024

संखुवासभा पौष २

संखुवासभाको चिचिला गाउँपालिकाले चिचिला अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन स्मारिका २०८१ पुस्तक लोकार्पण समारोहको आयोजना गरेको छ । सोमबार कोशी प्रदेश भौतिक पुर्वाधार तथा स्वास्थ्य मन्त्री भुपाल राईले उक्त पुस्तकको लोकार्पण गरेका हुन्।
चिचिला गाउँपालिकाको समग्र बिकास, समस्या चुनौती र संम्भावनाका बिषयहरु पुस्तकमा समेटिएका छन् । चिचिला गाउँपालिकाको ऐतिहाँसिक, सामाजिक सास्कृति पक्षलाई बलियो गरि उजागर गरिएको उक्त पुस्तक मकालु साहित्य समाजको संयोजन तथा चिचिला गाउँपालिकाको आर्थिक सहयोगमा प्रकाशन गरि लोकार्पण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष पासाङ्ग सेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका राजनितिक दल, छिमेकी पालिकाका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेलगायत सरकारी तथा गैह्र सरकारी संघसंस्था, नागरिक समाज, संचारकर्मीको बाक्लो उपस्थीति रहेको थियो ।

कार्यक्रममा कोशी प्रदेश भौतिक पुर्वाधार तथा स्वास्थ्य मन्त्री भुपाल राईले यस क्षेत्रको प्राकृतिक श्रोत साधन, सामाजिक संस्कृतिक निधिहरु अद्भुत रहेकाले यसको संरक्षण र सम्वर्धन साथै यस क्षेत्रको पुर्वाधार बिकासका लागि आफुले सकेसम्म सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।
अहिले हरेक क्षेत्रका नागरिकहरुमा असन्तुष्टि र पलायनबादि सोच बढ्दै गएकाले आवश्यक पुर्वाधारको बिकास, रोजगारि, शिक्षा स्वास्थ्यको उचित ब्यवस्था गरि बसाईं सराई र युवा बिदेश पलायन रोक्न आवश्यक रहेको मन्रि राईकाे भनाई थियाे ।
साहित्यकार ताराबहादुर बुढाथोकीले संयोजन गरेको पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री राईले चिचिलाको ऐतिहाँसिक, सामाजिक साँस्कृतिक, प्राकृतिक र पर्यावरणीय अवस्थाको प्रष्ट चित्रण गरेको बताए । यो पुस्तक चिचिला गाउँपालिकाको ऐतिहाँसिक उपलब्धी भएकाले भावीपुस्ताका लागि समेत यो पुस्तक एक जिवन्त दस्तावेदका रुपमा उपयोगि हुने धारणा राखे ।
पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै चिचिला गाउँपालिकाका प्रमुख पासाङ्ग सेर्पाले पुस्तकले समग्र चिचिलाको चित्रण गरेको बताउँदै यो चिचिला गाउँपालिकाको स्थानीय पाठ्यक्रममा समेत समेटिनुपर्ने बिषय भएको बताएका थिए ।
कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, सभापोखरी गाउँपालिकाका अध्यक्ष भीम बहादुर लिम्बु लगायतले पनि पुस्तक लाेकार्पणकाका सन्दर्भमा धारणा राखेका थिए ।
संखुवासभा भ्रमणका क्रममा कोशी प्रदेश भौतिक पुर्वाधार तथा स्वास्थ्य मन्त्री भुपाल राईले जिल्ला अस्पताल संखुवासभाको निरिक्षण भ्रमण, त्यहाँको भौतिक पुर्वाधार र सेवा प्रवाहका बारेमा जानकारी लिनुका साथै खाँदबारी ४ भगिवन्त रंगशालामा संचालन भएको पांङ्मा कप फुटवल प्रतियोगिता समापन कार्यक्रमको प्रमुख आतिथ्यता समेत गरेका थिए ।

भीडियाे :

Leave a Reply

Your email address will not be published. Required fields are marked *