मंशिर ८
महानगर फोहोर पारेको भन्दै काठमाण्डौ महानगरपालिकाले नेकपा एमालेलाई तोकेको जरिवाना एमालेले नतिर्ने जनाएको छ । महानगरले हिजो एक पत्र पठाउँदै कार्यक्रमस्थल फोहोर पारेकोमा महानगरले रु एक लाख जरिवाना तोक्दै पत्र पठाएको थियो । तर ‘औचित्यहीन चिर्कटो’ भन्दै एमालेले महानगरले तोकेको उक्त जरिवाना नतिर्ने बताएको हो ।
महानगरले एउटा चिर्कटो फेसबुकमा हालेर स्टन्टबाजी गरेको नेकपा एमालेको आरोप छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यस्ता वाइह्यात चटकको एमालेले कुनै हालतमा सम्वोधन नगर्ने बताए ।
एमालेले अस्थिरता र अराजकताविरुद्ध खवरदारि भन्दै दरबारमार्गमा जागरण सभाको आयोजना गरेको थियो ।