महिलाको पेटमा कपडा भेटिएको घटनामा युवा संघको बिज्ञप्ती - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

महिलाको पेटमा कपडा भेटिएको घटनामा युवा संघको बिज्ञप्ती


editor@sajhakura February 8, 2024

गत माघ १३ गते जिल्ला अस्पताल खाँदबारी संखुवासभामा सुत्केरी गराईएको महिलाको शल्यक्रिया गर्ने क्रममा सुत्केरीको पेटभित्र कपडा भेटिएको घटनाका सन्दर्भमा राष्ट्रिय युवा संघ नेपालले बिज्ञप्ती मार्फत गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।
गत माघ १३ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी गराईएकी पाँचखपन नगरपालिका ६ की तारा भण्डारीको पेटमा कपडा छाडिएको उल्लेख गरिएको छ । पौडेलले पेटमा छाडिएको कपडा कुहिँदै गएपछि पुन खाँदबारी अस्पतालमा उपचार गराउँने क्रममा उनको पेटमा कपडा भेटिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल संखुवासभाका अध्यक्ष हिल जोन्सन राईद्धारा हस्ताक्षरित बिज्ञप्तीमा स्वास्थ्य जस्तो संबेदनशिल बिषयमा खेलबाड गरिएको उल्लेख गर्दै पिडितको निशुल्क उपचारको माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *