संखुवासभा फागुन १३
संखुवासभा खाँदबारी ३ स्थीत महेन्द्र माध्यमिक बिद्यालयले बिबिध कार्यक्रमका साथ ७२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
स्थापना दिवसका अवसरमा बिद्यालयले पुर्व प्रधानअध्यापक, पुर्व बिद्यार्थी, जग्गादाता, चन्दादाता र अक्षयकोष दाताहरुलाई सम्मान गरेको हो । ७२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम समापन समारोहका प्रमुख अतिथी कोशी प्रदेशका माननीय संसद पुर्वमन्त्री राजेन्द्र कुमार कार्कीले महेन्द्र माध्यमिक बिद्यालयले जिल्लाको शैक्षिक उन्नयन र खेलकुदको बिकासका लागि गरेको योगदान अतुलनिय रहेको भन्दै शैक्षिक गुणस्तरमा पनि बिद्यालयको स्थीति उत्कृष्ट रहेको धारणा राखेका थिए ।
कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रमुख बिभिन्न बिद्यालयका प्रधानअध्यापक, प्रमुख जिल्ला अधिकारी बिनोद खड्का नेपाली लगायत शुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी र संचारकर्मीहरुको उल्लेख्य उपस्थीति रहेको थियो । बिद्यार्थी, अभिभावक र स्थानीय बासिन्दाको उल्लेख्य उपस्थीति रहेको कार्यक्रममा बरिष्ठ साहित्यकार, लेखक संगितकार बुलु मुकारुङ्ग लगायतको उपस्थीति रहेको उक्त कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जित बहादुर घिमिरेको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन बिद्यालयका प्रधानअध्यापक मेदीनी घिमिरेले गरेका थिए ।
बार्षिकोत्सवको अवसरमा बिद्यार्थीहरुले तैयार गरेको हस्तकला, स्थानीय कृषी उपबाट कुँदिएका बिभिन्न कलाकृति र बिज्ञान प्रयोगशालाका सामग्रीहरु प्रदर्शन गरिएको थियो ।
७२ औं बार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा बिद्यालयले आयोजना गरेको खेलकुद, बादबिबाद प्रतियोगिता, तथा साँस्कृतिक कार्यक्रमका बिजेताहरुलाई ट्रफि, मेडल र प्रमाणपत्रद्धारा सम्मान समेत गरिएको थियो ।