महोत्तरीको सोनमा गाउँपालिकामा प्रहरि र बिद्यार्थीबिच झडप हुँदा ६ जना प्रहरी आईते भएका छन् । शिक्षक सरुवाको विषयलाई लिएर मंगलबार दिउँसो गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका सोनमा माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई हटाउने क्रममा बिबाद बढ्दा बिद्यार्थिहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलित बिद्यार्थीहरुले मोटरसाइकलमा आगजनी र ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । त्यसलाई नियन्त्रण गर्न प्रहरीे २३ सेल अश्रुग्याँस प्रहार गरेका थिए । आन्दोलित विद्यार्थीहरूले मोटरसाइकलमा आगजनी गरेपछि शुरक्षा ब्यवस्था मिलाउनेक्रममा झडप भएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए ।
अहिले त्यहाँको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक गिरीको भनाई छ । विद्यालयमा तीनजना शिक्षकको सरुवा गरिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए।