माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा - साझाकुरा
शुक्रबार, साउन ४, २०८१

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा


editor@sajhakura November 21, 2023

काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंसिर ७ गते माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन गर्न रोक लगाएको छ ।
मेडिकल व्यावसायी दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियान र नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघले मंसीर ७ गते एकै समयमा माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रशासनले सो स्थानमा प्रदर्शन गर्न रोक लगाएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज प्रेस विज्ञप्ति जारी गर्दै पुतलीसडकको पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिमगेट, सर्वोच्च अदालत हुदै माइतीघर मण्डलाको चारैतर्फ, माइतीघरदेखि बबरमहल, विजुलीपुल हुँदै नयाँ बानेश्वरचोकसम्म निषेधित क्षेत्र तोकिएको जनाएको छ ।

यो क्षेत्रमा ३० दिनसम्म पाँच जना भन्दा धेरै व्यक्ति भेला हुन नपाउने, अनसन, धर्ना तथा प्रदर्शन गर्न नपाउने पनि सीडीओ कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *