नेकपा माओवादी केन्द्रले पार्टी सुदृढीकरणका लागि गाउँगाउँमा ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान सुरु गरेको छ।
शनिबार बिहान माओवादी पार्टी मुख्यालय पेरिसडाँडाबाट पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट देशभर एकैसाथ अभियानको शुरुआत भएको घोषणा गरेका थिए। अभियान अन्तर्गत माओवादीका शीर्ष नेताहरू वडा–वडामा पुग्ने कार्यक्रम राखिएको छ भने । केन्द्रीय सदस्यसहित पार्टीका जनवर्गीय संगठनलार्ई परिचालन गरिने कार्यक्रम रहेको बताईएको छ । जस अन्तर्गत पार्टी अध्यक्ष दाहाल आफैं पनि सातवटै प्रदेशको वडा स्तरमा जनताको दैलोमा पुग्ने तालिका रहेको रहेको छ।
देशभर ६ हजार ७ सय ४३ वडामा एकसाथ सुरु गरिएको माओवादी पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले माओवादी पार्टिले गरेका कामका बारेमा प्रचारप्रसार गर्ने र सरकारको बारेमा जनताको अभिमत बुझ्ने कार्यक्रम अन्तर्गत अभियान शुरु गरिएको माओबादीको दावी छ ।
भदौं १६ बाट सुरु भएको अभियान मंसिर १५ सम्म चल्ने जनाईएको छ। माओवादीले सबै शिर्ष नेता र केन्द्रीय सदस्यहरूलार्ई वडा तहसम्म पठाएको छ। खटिएका नेताहरूले देशैभरका २५ लाख मतदातासँग भेटघाट गर्ने र उनिहरुको अभिमत संकलन गरिने कार्यक्रम रहेको जनाईएको छ ।