५ चैत्र २०८०
सुन तस्करी प्रकरणमा आज पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राखेर थप अनुशन्धान अघि बढाउन अदालतले अनुमति प्रदान गरेको छ।
जिल्ला अदालत काठमाडौंले उनिमाथि थप अनुशन्धान अघि बढाउन ४ दिन हिरासतमा राख्न अदालतले अनुमति प्रदान गरेको हो ।
सुनको तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठन गरिएको छानबिन आयोगले महरालाई कारबाही गर्न सिफारिस गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार बिहान पूर्व सभामुख समेत रहेका महरासहितलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए।
गृहमन्त्री रवी लागिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गर्दै थप अनुशन्धानका लागि महरालाई पक्राउ गर्न निर्देशन दिएका थिए।