माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई कपिलबस्तुबाट नियन्त्रणमा - साझाकुरा
सोमवार, असार ३२, २०८१

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई कपिलबस्तुबाट नियन्त्रणमा


editor@sajhakura March 18, 2024

सुन प्रकरणमा जोडिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कपिलबस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता भिम प्रसाद ढकालले जानकारी दिए । महरालाई थप अनुशन्धानका लागि अहिले कपिलवस्तुबाट काठमाण्डौ ल्याईंदै गरेको प्रहरीले जनाएको छ ।

सुन तस्करी सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महराको संलग्नता रहेको खुलासा गर्दै तत्काल उनलाई पक्राउ गरि मुद्दा चलाउन सिफारिस गरेको थियो ।

आयोगको सिफारिस अनुसार महरालाई कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । महराका छोरा राहुल विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करीमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा छन् ।

भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले राहुलबिरुद्ध ‘संगठित तस्करी’मा संलग्न रहेको आरोपमा अनुसन्धान गरेको अघि बढाईरहेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *