माओवादी पदाधिकारीको आकस्मिक बैठक बस्दै, एमालेका मन्त्रीबाट राजीनामा बुझाउने तयारी - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

माओवादी पदाधिकारीको आकस्मिक बैठक बस्दै, एमालेका मन्त्रीबाट राजीनामा बुझाउने तयारी


editor@sajhakura July 2, 2024

असार १८

नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीको बैठक बोलाएको छ । बैठक केहीबेरमा प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्दैछ । दुई ठूला दल नेपाली काँग्रेस र एमालेबीच गएराति नयाँ सरकार गठनका लागि सहमति भएसँगै पछिल्लो घटनाक्रमबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्न लागेको हो ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेबाट मन्त्री बनेकाहरुले आजै राजीनामा दिने तयारी गरेका छन् । राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने नेताहरुको भनाइ छ ।

श्राेत:उज्यालाे अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *