मानव अधिकार तथा शान्ति समाज संखुवासभा शाखाकाे साताैं बार्षिक साधारण सभा सम्पन्न - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

मानव अधिकार तथा शान्ति समाज संखुवासभा शाखाकाे साताैं बार्षिक साधारण सभा सम्पन्न


editor@sajhakura November 1, 2023

चुरे ध्वस्त पार्न पाईंदैन, मरुभुमिकरण गर्ने नीति चाहिँदैन भन्ने नाराका साथ मानव अधिकार तथा शान्ति समाज संखुवासभा शाखाकाे साताैं बार्षिक साधारण सभा खाँदबारिमा सम्पन्न भएकाे छ ।

शाखा सभापति लाेकदर्शन शाक्यकाे अध्यक्षतामा तथा खाँदबारि नगरपालिकाका प्रमुख महेश थपलियाकाे प्रमुख आतिथ्यतामा भएकाे उद्घाटन समाराेहमा संखुवासभाका सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र संञ्चारकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि नगरप्रमुख महेश थपलियाले अहिलेकाे समाज जटिल र संङ्क्रमण तर्फ धकेलिदै गएकाे परिस्थितिमा मानव अधिकारकाे संरक्षण, सामाजिक सदभाव, सहिष्णुहता कायम राख्ने वातावरण निर्माणमा मानव अधिकार तथा शान्ति समाजकाे भुमिका महत्वपुर्ण हुने धारणा राखे ।

अहिले विश्व युद्ध र हिंसातर्फ पनि उद्धेलित रहेकाले विश्व समुदायलाई समेत युद्धलाई त्याग गरि शान्ति र अहिंसाकाे पक्षमा उभ्याउन यस किसिमका सामाजिक संस्था, अन्तराष्ट्रिय रेडक्रस साेसाईटी र मानव अधिकारबादी संघसंस्थाहरुकाे महत्वपुर्ण भुमिका रहने नगरप्रमुख महेश थपलियाकाे भनाई थियाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै समाजका केन्द्रीय सदस्य निर्मला गुरुङले चुरे दाेहन र मरुभुमिकरणले जलवायु परिवर्तन र वातावरणमा नकारात्मक प्रभाव पारिरहेकाले चुरे दाेहन र
मरुभुमिकरण न्युनिकरणका लागि नितिनिर्मातालाई सजग र सचेत बनाउन चुरे ध्वस्त पार्न पाईंदैन, मरुभुमिकरण गर्ने नीति चाहिँदैन भन्ने नारा तय गरिएकाे धारणा राखेकि थिईन् । समाजका सचिब मुना पराजुलीले संस्थाले गरेकाे बार्षिक कार्यक्रमका बारेमा जानकारी गराएकि थिईन् । मानव अधिकार तथा शान्ति समाजका आजीवन सदस्य कमल कटुवालले संचालन गरेकाे कार्यक्रममा अध्यक्ष लाेक दर्शन शाक्यले समाजलाई शान्ति र सदभावयुक्त बनाउन शान्ति समाजले भुमिका खेल्दै आएकाे जानकारि दिँदै र लाेकतन्त्र बिना शान्ति र मानव अधिकारकाे परिकल्पना गर्न नसकिने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *