माघ १९,
मानव बेचबिखनमा सलंग्न रहेको आरोपमा पर्साको वीरगञ्जबाट चार जनालाई पक्राउ गरिएको छ ।
प्रहरी चौकी पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका– १६ भन्सार नजिकै रहेको एक होटलबाट भारतको विहारका ३५ वर्षीय मनेजर राय, महोत्तरी भंगहा नगरपालिका–२ टिकुलियाकी ३२ वर्षीया सुक्राति चौधरी, ओखलढुंगा देयाले गाउँपालिका–५ का ३३ वर्षीय दिपेश राई र बारा जितपुर सिमरा–१४ बस्ने ३८ वर्षीया मिराकुमारी महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सुवास भट्टले जनाए ।
पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसूरमा जिल्ला अदालत पर्साबाट सात दिन म्याद थपको अनुमति लिइ थप अनुसन्धान प्रकृया अगाडि बढाईएको र उनिहरुको नियन्त्रणमा रहेका दुई जना महिलाको उद्धार गरेको प्रहरीको भनाई छ ।
