मालपोतका नासु र खरिदार डेढ लाख घुससहित पक्राउ - साझाकुरा
सोमवार, असार ३२, २०८१

मालपोतका नासु र खरिदार डेढ लाख घुससहित पक्राउ


editor@sajhakura September 29, 2023

भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घुससहित पक्राउ परेका छन् ।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुस लिएकै बेला रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।
जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग उनीहरुले घुस मागिरहेको भन्ने सूचना पाएपछि गएको टोलीले इनरुवा नगरपालिका वडा नं. ३ मालपोत चोकबाट उनीहरुलाई प्रक्राउ गरेको हो ।

उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *