माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनलमा - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनलमा


editor@sajhakura October 1, 2023

हाङझाउ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपाल क्वार्टारफाइनलमा प्रवेश गरेको छ। 
समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम आठमा पुगेको हो। अब अन्तिम आठमा नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ। 
लगातार दोस्रो खेलमा जित निकाल्ने क्रमम नेपालले आइतबार झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो।

यसअघि नेपालले पहिलो खेलमा मंगोलियामाथि  कीर्तिमानी जित हात पारेको थियो। 
आइतबार नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २ बल खेल्न बाँकी छदा ७४ रनमा अलआउट भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *