माेफसलकाे फुटबल खेलकाे बिकासका लागि क्लबले खेलेकाे भुमिका महत्वपुर्ण: अध्यक्ष किशाेर राई - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

माेफसलकाे फुटबल खेलकाे बिकासका लागि क्लबले खेलेकाे भुमिका महत्वपुर्ण: अध्यक्ष किशाेर राई


editor@sajhakura January 17, 2024

खाँदबारी युथ क्लबले कोशि प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, उपाध्यक्ष श्री शिव न्यौपाने, सह महासचिव केशब कार्की र धरान फुटबल क्लबका सचिव गोपाल कार्किलाई स्वागत तथा मायाको चिनो प्रदान गरेकाे छ ।
खाँदबारी युथ क्लबकाे प्रहरी चाेकमा रहेकाे कार्यालयमा मंगलबार एक कार्यकमका बिच सम्मान तथा मायाँकाे चिनाे प्रदान गरिएकाे क्लबका महासचिब सुरेन शाक्यले जानकारी दिए ।

स्वागत कार्यकमलाई सम्बाेधन गर्दै क्लबका कार्यबाहक अध्यक्ष मुनुहाङ गुरुङले संखुवासभाकाे फुटबल खेलकाे अवस्था, आगामी रणनिति र माेफसलमा फुटबल खेलकाे बिकासका लागि क्लबले खेलेकाे भुमिका बारे जानकारी दिएका थिए ।

महासचिब सुरेन शाक्यले संचालन गरेकाे कार्यकमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी कोशि प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले फुटबल खेलका लागि संखुवासभा उर्बर भुमि रहेकाे भन्दै यहाँकाे फुटबलकाे बिकासका लागि प्रदेसले सकेकाे सहयाेग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
उनले खाँदबारी युथ क्लबले संखुवासभाकाे खेल क्षेत्रकाे बिकासमा मात्र नभई अन्य सामाजिक आयामहरुमा समेत निजी क्षेत्रका रुपमा अग्रणी भुमिका निर्वाह गरेकाेमा प्रशंसा समेत गरेका थिए ।
कार्यक्रममा खाँदबारी युथ क्लबका पुर्व अध्यक्ष तथा खाँदबारी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष निरन्जन श्रेष्ठ, संस्थापक सल्लाहाकार दिपन कुमार श्रेष्ठ, सल्लाहकार कृष्णराज शाक्य, सल्लाहकार रमोद श्रेष्ठ, पुर्व अध्यक्ष अनुपयुश शाक्य लगायतका पदाधिकारी तथा खेलाडीहरुको समेत उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *