प्रतिकात्मक तस्वीर
मिटरब्याज असुलेको आरोपमा एक व्यवसायीको नाक काटियो
६ मंसिर,
मिटर ब्याज असुलेको आरोपमा नेकपा बहुमतका कार्यकर्ताले दाङको घोराहीमा ब्यवसाय गर्दैआएका एक व्यवसायीको नाक काटिदिएका छन् ।
शनिवार बिहान घोराहीको विपी चोक स्थित संजिवनी कलेजका शिक्षकसँग ऋण असुल्न पुगेका धनबहादुर बस्नेतको नाक चक्कुले काटि दिएको प्रहरीले जनाएको छ ।
नाक काटिएर घाइते भएका बस्नेत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार पछि डिस्चार्ज भएका छन् ।
बस्नेतको नाक काटिदिने नेकपा बहुमतका कार्यकर्ता फरार रहेको र हाल उनिहरुको खोजीकार्य भैरहेको दाङका प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाले बताए ।
नेकपा बहुमतका कार्यकर्ताहरुले यसअघि पनि अर्का मिटरब्याजी दुर्गाप्रसाद पन्तमाथी हातपात गर्नूका साथै कालोमोसो दलिदिएको प्रहरकिो भनाई छ ।