मिटरव्याज पीडितहरू काठमाडौं पुगे - साझाकुरा
शुक्रबार, फाल्गुन २, २०८१

मिटरव्याज पीडितहरू काठमाडौं पुगे


editor@sajhakura February 20, 2024

देशभरका मिटरव्याजी पीडितहरू आजबाट काठमाडौंमा भेलाहुन थालेका छन् ।

मिटरब्याजीबाट प्रताडित पिडितहरुले न्याय मार्च नाम पूर्वपश्चिम पैदल यात्रा गरी काठमाडौं प्रवेश गरेका जनाईएको छ।
पिडितहरुले पटक पटक सरकारले आफुहरुलाई अल्मल्याएको भन्दै भरतपुरमा एकीकृत भई निर्णायक आन्दोलनका लागि काठमाडौं प्रवेश गरेको बताएका छन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको अवसर जुराएर झापा र कञ्चनपुरबाट एकै एकै समयमा पैदलयात्राको प्रारम्भ गरेका थिए ।

१७ दिनको पैदल यात्रा गर्दै उनिहरु फागुन ३ गते चितवनको नारायणगढमा एकिकृत भएका थिए ।
मधेशका २० जिल्ला र अरु ८ जिल्लाका मिटरब्याज पीडितहरु अहिले न्याय मार्चमा सहभागि छन् । पिडितहरुले फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत मागहरु राखेका छन् ।

यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याजी पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं पुगेका थिए । पीडितहरुको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याजी पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन समेत गरेको थियो ।

काठमाडौंमा मंगलवार प्रदर्शनका क्रममा आन्दोलनमा सहभागी रोल्पाका गगन विश्वकर्माले लघुवित्तीय संस्थाहरुले चर्काे ब्याज लिएर जघन्य ज्यादती गरेकोले आन्दोलनमा उत्रनु परेको गनासो गरे

लघुवित्तीय संस्थाबिरुद्धको संघर्ष समिति नेपालले माघ १६ गतेबाट पैदल यात्रा सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *