मुकुल ढकाल रास्वपाको साधारण सदस्य समेत रहेनन् - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

मुकुल ढकाल रास्वपाको साधारण सदस्य समेत रहेनन्


editor@sajhakura August 27, 2024

भाद्र ११
राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको बैठकले संस्थापक महामन्त्री डाक्टर मुकुल ढकाललाई पार्टिको साधारण सदस्य समेत नरहने गरि हटाएको छ ।

पार्टिको आन्तरिक गोपनियतामा खलल पुर्याएको आरोपमा ढकाललाई यसअघि रास्वपाले साधारण सदस्यबाट तपाईंलाई किन निश्कासन नगर्ने भन्दै दुई पटक स्पष्टीकरण समेत सोधेको थियो । डाक्टर ढकालले दिएको जवाफ पार्टिलाई चित्तनबुझेको भन्दै उनलाई गत असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो । त्यसपछि ३५ दिनभित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधिमा उनले कुनै पुनरावेदन गरेका थिएनन् । उनले उल्टै आफूमाथिको कारबाही वैधानिक नरहेको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएका थिए । ढकालले दिएको निवेदनमा आयोगले भने अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन ।
पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि ढकालले न्यायिक निकायले आफूमाथिको कारबाही बदर गर्नेमा आफु बिश्वस्त रहेको समाजिक संजालमार्फत प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *