मुख्यमन्त्री कप भलिबल : एपिएफ, पुलिस, कोशी र गण्डकी विजयी - साझाकुरा
सोमवार, असार ३२, २०८१

मुख्यमन्त्री कप भलिबल : एपिएफ, पुलिस, कोशी र गण्डकी विजयी


editor@sajhakura February 28, 2024

सङ्खुवासभाको खाँदबारीमा भइरहेको मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगितामा दोस्रो दिनको खेलमा एफिएफ, नेपाल पुलिस क्लब, कोशी प्रदेश र गण्डकी विजयी भएका छन् । दुई पोल मार्फत तीन विभागीय टिम सहित पाँच प्रदेश विच खेल भइरहेको छ । प्रत्येक टिमले आफ्नो पोलका तीन टिम सँग खेल खेल्ने छन् । 
बुधबार (आज) भएको लिग चरणको खेलमा एपिएफ क्बल एफिएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा हराएको छ । दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई कोशी प्रदेशले जितेको छ । आर्मीले ३–१ को सेटमा हारेको हो । तेस्रो खेलमा पुलिस क्लबले सोझो सेटमा कर्णाली प्रदेशलाई हराएको छ । अन्तिम खेल गण्डकी प्रदेशले सुदुपश्चिम प्रदेशलाई सोझो सेटमा हराएको छ । 
पोल ‘ए’ मा नेपाल पुलिस क्बल, कोशी प्रदेश, एपिएफ र कर्णाली प्रदेश रहेका छन् । त्यसैगरी पोल ‘बि’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्बल, सुदुपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विच खेल भइरहेको छ । विहिबार(भोली) कोशी–कर्णाली, लुम्बिनी–सुदुरपश्चिम, नेपाल पुलिस–त्रिभुवन आर्मी र एपिएफ–गण्डकी विच खेल हुनेछन् । 
 श्राेत:अरुण शन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *