मुख्यमन्त्रि कप राष्ट्रिय पुरुष भलिबल प्रतियाेगिता संखुवासभाको सदरमुकाम खाँदबारीमा आयाेजना हुने भएको छ।
भलिबल संघ संखुवासभाकाे संयोजनमा कोशी प्रदेश खेलकुद विकास बोर्डकोले आयोजना गर्ने उक्त प्रतियाेगिता आगामी फागुन १५ देखि १९ गते सम्म सञ्चालन गरिने संखुवासभा भलिबल संघका अध्यक्ष मेदिनी घिमिरेले बताए ।
संखुवासभामा पहिलाे पटक हुन लागेको राष्ट्रिय पुरुष भलिबल
प्रतियोगितामा आर्मी, सशस्त्र र प्रहरीसहित तीनवटा विभागीय टिम र सातै प्रदेशका टिम गरी १० टिमको सहभागिता रहने जनाईएकाे छ । अनुमानित ४० लाखकाे लागत रहेकाे प्रतियाेगिता संचालनका लागि कोशी प्रदेशबाट २० लाख प्राप्त हुने र बाँकि २० लाख विभिन्न दाताहरुसंग संकलन गर्नुपर्ने अवस्था रहेकाे भलिबल संघका केन्द्रीय सदस्य प्रबीण श्रेष्ठले बताए ।
प्रतियोगितमा प्रथम हुने टिमले रु ३ लाख, द्वितीय हुने टिमले रु १ लाख ५० हजार, तृतीयले ५० हजार र चौथो हुने टिमले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट ५ विधामा जनही नगद ५० हजार तथा सर्वोत्कृष्ट खेलाडिलाई नगद रु २५ हजार पुरस्कार राशी ताेकिएकाे छ ।
संखुवासभामा हुन लागेकाे याे राष्ट्रिय प्रतियाेगिता अहिले सम्मकै ऐतिहाँसिक र प्रतिष्ठित प्रतियाेगिता हाे ।