मुख्यमन्त्री कार्कीद्वारा राजीनामा - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

मुख्यमन्त्री कार्कीद्वारा राजीनामा


editor@sajhakura October 7, 2023

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज मुख्यमन्त्रि पदबाट राजीनामा गरेका छन् । आज दिउँसाे विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठकमा आफ्नाे भनाई राख्दै कार्कीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

उनले प्रदेश सभा बैठक समक्ष विश्वासको मतका लागि प्रस्तावै प्रस्तुत नगरी पदबाट राजीनामाको घोषणा गरेका थिए । आफ्नो पक्षमा बहुमत पुग्ने अवस्था नदेखेपछि उनले राजीनामा दिएका हुन् । सर्वोच्च अदालतको परमादेशपछि कार्किले भदौ २२ गते मुख्यमन्त्रि पद सम्हालेका थिए ।

उनकाे राजिनामासंगै कोशी प्रदेशमा अब संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको जनाईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *