मुस्ताङमा हिमपहिरो, बोक्से खोला थुनियो - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

मुस्ताङमा हिमपहिरो, बोक्से खोला थुनियो


editor@sajhakura August 23, 2024

भाद्र ७

मुस्ताङमा हिमपहिरो खसेको छ। थसाङ गाउँपालिका–२ कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेको हो।

हिमपहिरोले बोक्से खोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। दुई घण्टा पहिले बोक्सेखोला थुनिएपछि निरीक्षणमा पुग्दा हिमपहिरो खसेको फेला परेको उनको भनाइ छ।

‘तल खोला बन्द भाको कारणले के कारणले बन्द भयो भनेर आउँदा माथि हिमपहिरो खसेको रहेछ’, पहिरोस्थल नजिकै पुगेका उनले भने। हिमपहिरो खसेकै ठाउँमा भने पुग्न नसकेको उनले सुनाए।

हिमपहिरो खसेपछि बोक्से खोलाको तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पन्तले बताए। पहिरोस्थल जोमसोमबाट झन्डै १७ किलोमिटर पर रहेको उनले जानकारी दिए।

श्राेत: देस संचार डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *