मेयर बालेन र रास्वपा सभापति लामिछाने क्रिकेट हेर्न श्रीलङ्का - साझाकुरा
शुक्रबार, फाल्गुन २, २०८१

मेयर बालेन र रास्वपा सभापति लामिछाने क्रिकेट हेर्न श्रीलङ्का


admin September 3, 2023

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेपाल(भारतबीचको क्रिकेट हेर्न श्रीलङ्का उडेका छन्।
आज अपराह्न ४ बजे श्रीलंका प्रस्थान गरेका उनि भोलि हुने एसिया कप क्रिकेट अन्तरगत नेपाल र भारतबीचको खेलमा नेपाली खेलाडिलाई हौसला थप्न गएको बताईएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने पनि खेलाडीको हौसला बढाउनका लागि भन्दै श्रीमति निकिता पौडेल सहित श्रीलङ्का प्रस्थान गरेका छन्।

श्रीलङ्काको क्याण्डीस्थित तालेकेले क्रिकेट मैदानमा सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।

हिजो साँझ ट्राफिक प्रहरीले महानगरको गाडि रोकेको भन्दै महानगरका मेयर बालेनले सामाजिक संजालमा पोखेको आक्रोसको अहिले सर्वत्र चर्चा र निन्दा दुवै भैरहेको छ । उनले आगामी दिनमा यस्तै भैरहे सिंहदरबारमा आगो लाग्ने प्रतिकृया दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *