भाद्र ९
महोत्तरीको रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष मुकेशकुमार यादवको आज सवारी दुर्घटनामा परि ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका महेत्तरिका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा परि आज बिहान मृत्यु भएको जानकारी दिए ।
जलेश्वर–बर्दिबास सडक खण्डमा पर्ने बर्दिबास नगरपालिका–८ स्थित कल्भर्टमा वडाध्यक्ष यादव चढेको लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाई छ ।
वडाध्यक्ष यादव नेपाल कम्प्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए ।